५० ग्राम सुनसहित त्रिभुवन विमानस्थलबाट युवक पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक युवक पक्राउ परेका छन्। कतारको दोहाबाट चकलेटको प्याकेटमा लुकाएर ल्याएको सुनसहित सिरहा घर भएका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार कतार एअरवेजको क्यूआर–६५० को उडानमार्फत बुधवार साँझ दोहाबाट काठमाडौं आएका मियाको साथबाट ५० ग्राम सुन बरामद भएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयले जर्ती काटेको गहना बाहेकका सुनको राजस्व लिँदै आएको छ ।
मियाले सुटकेश भित्र चकलेटको प्याकेटमा चकलेट जस्तै देखिने गरेर लुकाई छिपाई भन्सार छल्ने बदनियतको साथ सुन ल्याएका थिए । अहिले उनलाई महानगरीय प्रहरी वृत गौशालाको हिरासतमा राखिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment