अनुदानमा आएको ३५ बोरा युरिया मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ

डिसी नेपाल
१५ पुष २०७८ १४:४२

प्यूठान। किसानहरुका लागि अनुदानमा आएको मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा रहेका छन् ।

प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि पठाउँदै गर्दा प्यूठान-८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको हो ।

लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल बाहिर लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।

सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *