अनुदानमा आएको ३५ बोरा युरिया मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ
प्यूठान। किसानहरुका लागि अनुदानमा आएको मल बिक्री गर्न खोज्ने दुई जना पक्राउ परेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका–३ खरेन्द्रपुरका विवश क्षेत्री तथा सोही ठाउँका केशर महतरा रहेका छन् ।
प्यूठान नगरपालिका-९ मरन्ठानाको दीर्घायू कृषि सहकारी लागि आएको अनुदानको ३५ बोरा युरिया मल कपिलवस्तुको चन्द्रौटातर्फ बिक्रीका लागि पठाउँदै गर्दा प्यूठान-८ बाग्दुलाबाट मलसहित उनीहरुलाई पक्राउ गरेको हो ।
लु १ च ६१७१ नम्बरको पिकअप जिपमा मल बाहिर लग्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले जानकारी दिए ।
सहकारीका अध्यक्ष दीपेन्द्र केसीले सहकारीले तोकेको बिक्रेताबाट गल्ती भएको स्वीकार गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment