यौन सम्बन्धपछि बलात्कार केस हाल्दै लाखौं असुली, एक वर्षमा दर्जनौं युवक लुट्ने युवती पक्राउ

डिसी नेपाल
१५ पुष २०७८ १५:१७

काठमाडौं। युवकहरुलाई पहिले आफैंले प्रेम सम्बन्धमा फसाएर सहमतिमै शारीरिक सम्बन्धपछि बलात्कारको कस हालेर पैसा असुल्ने एक युवती पक्राउ परेकी छिन् । यी ‘असुली गर्ल’ युवतीले पहिले डेटिङ एपको माध्यमबाट नौजवान युवकहरुलाई प्रेमजालमा फसाउँथिन् । त्यसपछि उनीहरुसँग शारीरिक सम्बन्ध राख्थिन् । सम्बन्धपछि ती युवकलाई ब्ल्याकमेल गरेर पैसा असुल्ने खेल सुरु हुन्थ्यो । उनले यी युवकहरुविरुद्ध पुलिसमा बलात्कारको केस हालिदिने धम्की दिएर लाखौं असुल्थिन् ।

यी युवती दिल्लीसँग जोडिएको गुरुग्रामबाट पक्राउ परेकी हुन् । एसीपी क्राइमका अनुसार न्यू कोलोनी पुलिसले यी २० वर्षकी युवतीलाई पक्राउ गरेर ब्ल्याकमेलिङ गरेर असुलीको नेक्सेसको भण्डाफोर गरेको हो । यो पूरै खेलमा पक्राउ परेकी युवतीकी आमा र उनका एक साथी पनि संलग्न थिए । पुलिसले यो विषयमा थप अनुसन्धान गरिरहेको छ । गुरुग्रामका एसीपी क्राइम प्रितपाल सिंहले यो जानकारी दिएको भारतीय मिडियाले जनाएका छन् ।

युवतीले फसाएका एक पीडितका अनुसार गएको २० अगष्टमा उनले डेटिङ एपमार्फत युवतीलाई भेटेका थिए । युवतीले पहिले त उनीसँग शारीरिक सम्बन्ध राखिन् त्यसपछि २३ अगष्टसम्म बाध्यतावश ती युवतीसँग बिहे पनि गर्नुपर्यो । पुलिसका अनुसार कहानी यहीँ रोकिएन । युवतीले केही अरु युवकलाई पनि यसैगरी फसाएर उनीहरुसँग पनि शारीरिक सम्बनध बनाइन् । त्यसपछि उनीहरुलाई ब्ल्याकमेल गरेर पैसा असुलिन् । यसरी युवतीले लाखौं रुपैयाँ असुलिसकेकी थिइन् ।

पुलिस रेकर्डअनुसार आरोपी युवतीले १ वर्षमा कूल ७ युवक विरुद्ध राजेन्द्रा पार्क, न्यू कोलोनी, थाना सहर, थाना सदर, सेक्टर १०, सिभिल लाइन्स, डिएलएफ फेज १ र साइबर क्राइम गरी ७ फरक फरक पुलिस स्टेशनमा बलात्कारको केस समेत दर्ता गराइसकेकी थिइन् । यीमध्ये २ केस पुलिस जाँचमा झुटा पाइएका छन् ।

उनले १५ महिनामा ८ जनाविरुद्ध बलात्कारको केस दर्ता गराएकी छिन् । केस नै दर्ता नगरी युवतीले अन्य थुप्रै युवकलाई लुटेको हुन सक्ने आशंकामा अनुसन्धान जारी छ । पुलिसका अनुसार केस नै दर्ता नगरिएका पीडितहरु समेत खोज्दा युवतीले लुटेका युवकको संख्या दर्जनौं हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *