साढे ४ महिनापछि अशरफ गनीले बताए, उनी अफगानिस्तानबाट भाग्दा के भएको थियो ?

डिसी नेपाल
१५ पुष २०७८ १५:५६

काठमाडौं। अफगानिस्तानमा पूर्व राष्ट्रपति अशरफ गनीले देश छोड्ने आफ्नो फैसला सही भएको बताएका छन् । यही वर्ष अगष्टमा तालिबानले अफगानिस्तानमा आफ्नो नियन्त्रण स्थापित गरेको थियो । अशरफ गनीका अनुसार उनले काबुललाई विनाशबाट बचाउनको लागि यस्तो गरेका थिए ।

बीबीसीसँग अन्तरवार्तामा अशरफ गनीले बताएअनुसार जब उनी १५ अगष्टको बिहान उठे त्यतिबेला उनलाई यो कुराको आशंका थिएन कि यो अफगानिस्तानमा उनको अन्तिम दिन हुनेछ । जब उनको विमान काबुलबाट उड्यो त्यसपछि मात्र उनलाई यो कुरा महसुस भयो ।

त्यतिबेला देश छोडेर भागेका कारण अशरफ गनीको निकै आलोचना भयो । अहिले उनी युएइमा छन् । अन्तरवार्ताको क्रममा अशरफ गनीले तालिबानसँग उनीहरु काबुलमा प्रवेश गर्ने छैनन् भन्ने विषयमा पहिल्यै सहमति भइसकेको बताए । उनका अनुसार काबुल प्रवेश नगर्ने कुरामा तालिबान सहमत थियो । तर, २ घण्टापछि यस्तो भइरहेको छैन भन्ने लाग्यो ।

अशरफ गनीका अनुसार उनी आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार र उनकी पत्नीले काबुल छोड्ने कुरामा सहमत भए । उनी यो कुराको प्रतिक्षा गरिरहेका थिए कि एक कार आउनेछ र उनलाई रक्षा मन्त्रालय लिएर जानेछ । तर, त्यो कार कहिल्यै आएन ।

अशरफ गनीका अनुसार राष्ट्रपतिका सुरक्षाका प्रमुख डराउँदै उनीकहाँ आए र उनहिरुसँग निकै कम समय भएको बताए । त्यतिबेला अशरफ गनीले खोस्त जाने कुरा गरे तर उनलाई खोस्त र जलालाबाद तालिबानको कब्जामा गइसकेको बताइयो । उनका अनुसार त्यतिबेला उनलाई पनि थाहा पिएन कि उनी कहाँ जानेछन् ।

जब उनको विमान उड्यो त्यसपछि मात्रै उनलाई थाहा भयो कि उनी अफगानिस्तान छोडेर जाँदैछन् । अशरफ गनीले पैसा लिएर देशबाट भागेको भन्ने कुरा भने अस्वीकार गरे । सत्ताबाट हटेको साढे ४ महिनापछि अशरफ गनीले आफू ती सबै कुराको जिम्मेवारी लिन तयार भएको बताएका छन् जसका कारण काबुल हातबाट निस्कियो । तर, उनले अन्तर्राष्ट्रिय सहयोगमा विश्वास गरेका थिए । यद्यपि उनले यो पनि भने कि उनको जीवन बर्बाद भएको छ र उनलाई बलीको बोको बनाइयो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *