आमाका हत्यारासँग छोरीले गरिन् मित्रता, कारण थाहा पाउँदा आँसु आउँछ

डिसी नेपाल
१६ पुष २०७८ ११:४६

काठमाडौं। अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । यी हत्याराको नाम रिचर्ड कोट्रिघम हो जो एक सिरियल किलर थिए । उनले न्यू जर्सीमा करिब १ दर्जन मानिसहरुको हत्या गरेका थिए । अहिले उनी जेलमा सजाय काटिरहेका छन् ।

जेलमै रिचर्डसँग जेविफर विस नामकी एक महिलाले मित्रता गरिन् । जेनिफर जेलमा रिचर्डलाई भेट्न गइरहन्छिन् । जेनिफरकी आमा दिदेह गुडारजीको हत्या रिचर्डले नै गरेका थिए । यस्तोमा जेनिफरले आफ्नी आमाका हत्यारा रिचर्ड कोर्टिघमसँग मित्रता किन गरिन् ?

डेलीस्टारको रिपोर्टअनुसार जेनिफरकी आमा गुडारजीलाई सिरियल किलर रिचर्डले पहिले निकै प्रताडित गरेका थिए । त्यसपछि उनको टाउको काटिदिए र शवलाई पनि जलाइदिएका थिए । यसका बावजुद जेनिफरले उनीसँग मित्रता गरिन् किनकि उनी रिचर्डसँगबाट आफ्नी आमाबाहेक अन्य पीडितहरुको बारेमा पनि जान्न चाहन्थिन् ।

रिपोर्टका अनुसार जेनिफरले अन्य पीडितहरुको बारेमा पत्ता लगाउनको लागि रिचर्डसँग अपत्याशित मित्रता गरेकी हुन् । खासमा गुडारजी ती दुई महिलामध्ये एक थिइन् जसलाई डिसेम्बर १९७९ मा न्यूयोर्क सहरको एक होटलको कोठामा सिरियल किलर रिचर्ड कोर्टिघमले मारेका थिए । रिचर्डले गुडारजी र उनको साथमा अर्की १६ वर्षकी एक अज्ञात किशोरीको टाउको र हात काटेका थिए । उनले भाग्दा काटिएका हात र टाउको आफ्नो साथमै लिएर गएका थिए ।

रिचर्ड कोटिंघम करिब ९ महिला र किशोरीहरुको हत्या आरोपमा दोषी ठहरिएर न्यू जर्सीको जेलमा छन् । उनी अहिले धेरै बुढो भइसकेका छन् । तर, उनले गुडारजीकी छोरी जेनिफरको रुपमा एक साथी पाएका छन् । जेनिफर भन्छिन् ‘म मेरी आमाको लागि र अन्य पीडितहरुको खोजीको लागि रिचर्डकी साथी बनें ।’

उनी भन्छिन् ‘जबसम्म हामी यो पत्ता लगाउँदैनौं कि ती मृतक को थिए तबसम्म म शान्तिसँग बस्ने छैन । त्यसैले म त्यही गरिरहेकी छु जे मैले गर्न चाहिरहेकी थिएँ ।’ जेनिफरले जेलमा रहेका ७५ वर्षका रिचर्डलाई पत्र लेखेर मित्रता गरेकी हुन् । २०१७ देखि उनले रिचर्डसँग भेट्न थालेकी हुन् । अहिलेसम्म उनले रिचर्डलाई ३० भन्दा धेरै पटक भेटिसकेकी छिन् । एक पत्रमा रिचर्डले जेनिफरसँग उनकी आमाको हत्याको लागि माफी पनि मागेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *