उडिरहेको विमानमा कोरोना संक्रमित महिला ५ घण्टासम्म ट्वाइलेटभित्र !

डिसी नेपाल
१६ पुष २०७८ १४:०२

काठमाडौं। अमेरिकाकी एक स्कुल शिक्षिकाले उडानको बीचमै आफू कोरोना संक्रमित भएको थाहा पाएपछि ५ घण्टासम्म हवाइ जहाजको शौचालयमा सेल्फ आइसोलेसनमा बिताएको बताएकी छिन् । उनले आफ्ने स्वेच्छाले यस्तो गर्ने निर्णय गरेकी थिइन् ।

मारिसा फोशियोका अनुसार २० डिसेम्बरका दिन उनी शिकागोबाट आइसल्याण्ड जाने फ्लाइटमा यात्रा गरिरहेका बेला घाँटी दुखेको महसुस गरिन् । उनीसँग र्यापिड टेस्ट किट थियो त्यसैले उनले त्यही समय आफ्नो कोरोना टेस्ट गरिन् जसको नतिजा पोजेटिभ आयो ।

त्यसपछि उनले आफूलाई आइसोलेसनमा राख्ने निर्णय गरिन् र बाँकी यात्रा शौचालयमा बसेर पूरा गरिन् । यस क्रममा उनलाई फ्लाइट अटेन्डेन्टले खाना र ड्रिंक्स दिए । मारिसाले भनिन् ‘त्यो पागल बनाउने अनुभव थियो । फ्लाइटमा १५० जना मानिस थिए र मेरो सबैभन्दा ठूलो डर उनीहरुलाई संक्रमण हुन्छ कि भन्ने थियो ।’

मारिसाले आइसल्याण्डएयरको विमानको शौचालयबाट टिकटकमा एउटा भिडियो पनि पोस्ट गरेकी छिन् । यस क्रममा उनले सहयोग गरेकोमा एक फ्लाइट अटेन्डेन्टको प्रशंशा पनि गरेकी छिन् । उनले एनबीसी न्यूजसँग भनिन् ‘उनले यो कुराको पूरा ख्याल राखिन् कि त्यसपछिका ५ घण्टा मलाई कुनै चीजको आवश्यकता भए त्यो पाउन सकुँ । उनले पटक पटक मेरो हालखबर सोधिरहेका थिए । मारिसाका अनुसार आइसल्याण्डमा अवतरण पछि उनी रेडक्रस होटलमा आइसोलेट भइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *