सर्लाहीको इश्वरपुरमा चौथो दिन पनि निषेधाज्ञा जारी

डिसी नेपाल
१६ पुष २०७८ १५:२०

काठमाडौं। सर्लाहीको इश्वरपुर नगरपालिकास्थित बयलवासमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै सो क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

मृतकका परिवारलाई राहतस्वरुप १० लाख उपलब्ध गराउनेलगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो । शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

(जिप्रका)ले बिहीबार बेलुकीदेखि लागू हुने गरी आज आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रजिअले बताए । इश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको उनले बताए । प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *