भीरबाट लडेर मजदूरको मृत्यु

डिसी नेपाल
१६ पुष २०७८ १९:०९

काठमाडौं ।भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *