रणवीरलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव

डिसी नेपाल
१७ पुष २०७८ ८:१५

काठमाडौं। फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गरेका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ। जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उनले एक अन्तर्वार्तामा गरेका छन्।

‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ। जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ। यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उनले भनेका छन्।

फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो। कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ । फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *