कश्मिर–लखनउको ‘लभ जिहाद’ केसमा नेपाल कनेक्सन, पीडित युवती काठमाडौंमा !

डिसी नेपाल
१७ पुष २०७८ ११:००
2.3k
Shares

काठमाडौं। भारतको उत्तर प्रदेशको राजधानी लखनउमा ‘लभ जिहाद’को केस भेटिएको छ । कश्मिरको कुपवाडाका इशान बुखारी विरुद्ध उत्तर प्रदेशमा विधि विरुद्ध धर्म संपरिवर्तन प्रतिषेध अध्यादेश अन्तर्गत मुद्दा दर्ता गरिएको छ । बुखारीले आफूलाई सेनाका अधिकारी र डाक्टर बताएर हिन्दू युवतीहरुलाई फसाउने र उनीहरुलाई विदेशमा बेच्ने गरेको आरोप छ । आरोपीलाई यसअघि पनि कश्मिर पुलिसले पटक पटक गिरफ्तार गरेको खुलासा भएको छ ।

पीडित युवतीका अनुसार उनकी छोरीले उनलाई चण्डीगढमा जागिर पाएको बताएकी थिइन् । त्यसपछि परिवार उनलाई चण्डीगढ पठाउन राजी भएका थिए । उनलाई चारबाग रेलवे स्टेशनबाट रेलमा बसालेर चण्डीगढ पठाइएको थियो । आमाका अनुसार युवती जुलाइमा जागिरको लागि चण्डीगढ गएकी थिइन् । अगष्टमा एक युवकले फोन गरेर उनीहरुकी छोरीसँग आफूले बिहे गरेको बताएका थिए । केही दिनपछि युवतीका परिवारले युवक मुस्लिम भएको थाहा पाएका थिए ।

युवतीकी आमाले छोरीलाई फर्केर आउन भनेपछि युवकले आफू युवतीलाई लिएर लखनउ आउने बताए तर पटक पटक आउँछु भने पनि उनले ढाँटिरहे । युवतीकी आमाका अनुसार आरोपी बुखारी अहिले युवतीलाई लिएर काठमाडौं आएका छन् । आमालाई अब छोरी आउँदिनन् भन्ने महसुस भएपछि उनले एफआइआर दर्ता गराउन चाहिन् तरपुलिसले युवती बालिग भएको भनेर एफआइआर दर्ता गर्न मानेन । आमाका अनुसार एक दिन उनकी छोरीले भिडियो कल गरेर आफूलाई बचाउन भनेकी थिइन् । युवतीले अहिले नबचाए उनलाई इशानले मारेर फालिदिने र कसैले थाहा नपाउने बताएकी थिइन् ।

आमाका अनुसार उनकी छोरीलाई धर्म परिवर्तन गराएर बिहे गराइएको थियो । अहिले उनकी छोरी ७ महिनाकी गर्भवती छिन् । भिडियो कलमा युवतीले आफूलाई काठमाडौंमा राखिएको बताएकी थिइन् । उनलाई दिनहुँ कुटपिट गरिने र जबरजस्ती अनैतिक काम गराइने गरेको समेत उनले बताएकी थिइन् । युवतीका अनुसार इशानले लगभग आधा दर्जन युवतीलाई यसैगरी फसाइसकेका छन् र ती युवतीलाई विदेशमा बेचिदिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *