ओमिक्रोनको त्रासका बीच फेरि ‘फ्लोरोना’ आयो, इजरायलमा भेटियो पहिलो केस
काठमाडौं। विश्वभर कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टले त्रास फैलाइरहेको छ । यही बीच इजरायलमा फ्लोरोनाको पहिलो केस भेटिएको छ । फ्लोरोना कोभिड १९ र इन्फ्लुएन्जाको दोहोरो संक्रमण हो । अर्थात एउटै व्यक्तिलाई कोभिड–१९ र इन्फ्लुएन्जा भाइरसको संक्रमण एकैपटक हुनु हो । यो जानकारी अरब न्यूजले दिएको समाचार एजेन्सी एएनआइले जनाएको छ ।
यही बीच इजरायलमा शुक्रबार नै कोरोनाविरुद्ध चौथो बुस्टर डोजको अनुमति पनि दिइएको छ । यो कमजोर इम्युनिटी भएका व्यक्तिहरुलाई लगाइनेछ । इजरायली मिडियाका अनुसार यहाँ ४ महिना पहिले कोरोना खोपको तेस्रो बुस्टर डोज दिइएको थियो । अहिले भने यहाँ ओमिक्रोनका केस बढिरहेका छन् । त्यसैले यहाँको सरकारले कमजोर इम्युनिटी भएका जनतालाई चौथो बुस्टर डोज दिने अनुमति दिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment