एकसाथ तीन प्रोजेक्टमा अनुष्का

डिसी नेपाल
१७ पुष २०७८ ११:२५

काठमाडौं। बलिउड अभिनेत्री अनुष्का शर्मा पुनः अभिनयको दुनियाँमा आउने तयारी गरिरहेकी छन् । उनी पछिल्लोपटक आनन्द एल रायको फिल्म ‘जीरो’मा देखिएकी थिइन् । जुन फिल्म फ्लप साबित भएको थियो । यद्यपि अब उनी एकसाथ तीन प्रोजेक्टमा देखिँदैछिन् । जसमा दुई फिल्म हुनेछन् भने एक ओटीटी ।

उनी निकट स्रोतका अनुसार उनी ठूला बजेटका दुई फिल्म र ठूलै बजेटको ओटीटी प्रोजेक्टमा देखिँदैछिन् । यी प्रोजेक्टको घोषणा नयाँ वर्ष २०२२ को सुरुवाती समयमा गरिनेछ । उनका तीनवटा प्रोजेक्टको नाम हालसम्म गोप्य नै राखिएको छ ।

उनको फिल्म ‘जीरो’ फ्लप भए पनि उनी ‘सुल्तान’, ‘पीके’ र ‘सञ्जु’ जस्ता महंगा बजेटको फिल्मको हिस्सा बनिसकेकी छन् । उनी भारतीय क्रिकेटर झूलन गोस्वामीको बायोपिकमा पनि अभिनय गर्ने चर्चा चले पनि उनले यो कुरालाई अस्वीकार गरेकी छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *