तालिमेलाई औषधि बेच्न दिने सरकारको तयारी, फर्मासिष्टहरुको विरोध

डिसी नेपाल
१८ पुष २०७८ ७:०८

काठमाडौं। औषधि व्यापार गर्ने लाइसेन्स जथाभावी बाँड्ने तयारी सरकारले गरेपछि त्यसको विरोध शुरु भएको छ। फार्मेसी नै पढेका दक्ष जनशक्ति हुँदा हुँदै केही दिनको तालिममात्र लिएकालाई औषधि बेच्ने लाइसेन्स दिँदा जनताको स्वास्थ्यमाथि खेलबाड हुने भन्दै यसको विरोध भएको हो।

नेपाल फार्मेसी संघले दक्ष जनशक्ति हुदा हुदै तालिमको भरमा औषधि बेच्न नदिने बताएको छ। जनस्वास्थ्यमाथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने अडानसमेत राखेको छ।

औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। नेपाल फार्मेसी संघको नेतृत्वमा गएको टोलीले शुक्रबार औषधि व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।

विभागको उक्त तयारी कुनै पनि हालमा पूरा हुन नदिने संघका अध्यक्ष अमृत खनालले बताए। उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु नै खेदजनक छ । हामीले यो कुराको विरोध गरेका छौँ । कुनै पनि पनि अवस्थामा पास हुन दिदैनौ । र, यो पास नहुनेमा ढुक्क छौँ।’

यस किसिमको एजेण्ड पुनः उठ्न नदिने उनको भनाइ छ। देशमा पर्याप्त मात्रामा जनशक्ति हुँदा हुँदै विभागले कसैको प्रभावमा आएर यस किसिमको तयारी गरेको उनीहरुको बुझाइ छ।

विभागले तालिम दिएर औषधि बेच्न दिने तयारी गरिरहँदा देशभरका फार्मासिस्टले यसको विरोध समेत गरिरहेका छन्। सात ओटै प्रदेशमा शाखा विस्तार भएको नेपाल फÞार्मेसी संघ फार्मासिष्ट तथा असिस्टेन्ट फार्मासिष्टहरूको संस्था हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *