भारतमा कोभिडः एकै दिन २७ हजार ५५३ संक्रमित, मास्क नलगाउनेलाई जरिमाना

डिसी नेपाल
१८ पुष २०७८ १३:३५
128
Shares

नयाँ दिल्ली। भारतमा फेरि कोभिड संक्रमण बढेको छ। आइतबार एकै दिन २७ हजार ५५३ जनामा संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा २८४ जनाको कोभिडका कारण मृत्यु भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।

भारतमा अझै पनि एक लाख २२ हजार ८०१ जना सक्रीय संक्रमित छन्। देशका प्रमुख सहरमा कोभिडबाट संक्रमितकाे संख्या बढेकाे छ। दिल्लीमा शनिबार दुई हजार ७१६ जनामा संक्रमण देखिएको छ । यो पछिल्लो सात महिनापछि अहिलेसम्मकै ठूलो संख्या हो।

त्यस्तै, मुम्बईमा ६ हजार १८० जना नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा एक हजार ३३ जनामा संक्रमण देखिएको छ। भारतमा ओमिक्रोन संक्रमितको संख्या एक हजार ५२५ पुगेको छ । ओमिक्रोनबाट सबैभन्दा बढी महाराष्ट्र र दिल्ली प्रभावित भएका छन् । नयाँ संक्रमणबाट अहिलेसम्म ५६० जना निको भएका छन्।

यसैबीच, कोभिड बढेपछि तेलंगनामा नयाँ प्रतिबन्ध लागु गरिएको छ । तेलंगनामा मास्क नलगाउनेलाई एक हजार भारु जरिमाना तोकिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *