दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी
केप टाउन। दक्षिण अफ्रिकाको संसद भवनमा आगो लागेको छ।
संसदमा आगलागी भएपछि अहिले अग्नी नियन्त्रकहरु आगो निभाइरहेका छन्। आगोको धुँवा र कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ। ‘नेसनल एसेम्बलीमा आगो लागिरहेको छ,’ केप टाउन सहरका आपतकालीन सेवाका प्रवक्ताले भने।
आगो नियन्त्रणमा आइनसकेको र भवनको भित्ता चर्किएको उनले बताएका छन्। आगलागीको कारण खुलेको छैन्। दक्षिण अफ्रिकाको हाउस अफ पार्लियामेन्टमा नयाँ र पुराना गरी तीन ओटा भवन छन्।
सन् १९२० र १९८० मा निर्माण गरिएको नयाँ भवनमा नेसनल एसेम्बली छ। गत अप्रिलमा युनिभर्सिटीमा अफ केप टाउनको एउटा पुस्तकालयमा आगो लागेको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment