पसलमा आगलागी हुँदा २० लाखको क्षति

डिसी नेपाल
१८ पुष २०७८ १६:२५

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित पूजा जेनरल स्टोर एण्ड सुर्तीजन्य किराना पसलमा आगलागी हुँदा २० लाखभन्दा बढीको क्षति भएको छ ।

पसलमा रहेका रिचार्जकाड, चाउचाउ, दालमोठ, मैदाको बोरा, तेलको टिना, गुटखा, चिनी, दालसहित जलेर नष्ट हुँदा २० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको पसलका सञ्चालक सुनिता कुमारी साहले बताइन् ।

आगलागीको कारण अझै नखेलेको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *