राजमार्ग अवरुद्ध गर्ने सिके राउतका पाँच कार्यकर्ता प्रहरीको गोली लागेर घाइते

डिसी नेपाल
१८ पुष २०७८ १६:३०

जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेपछि प्रहरीले रबरको गोली चलाउँदा जनमत पार्टीका पाँचजना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा नथुनी यादव, विजय यादव, रामदयाल मुखिया, बैजनाथ यादव र सञ्जय साह छन् । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उनीहरूको उपचारभइरहको छ । दुईजनाको गम्भीर र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

राजमार्ग अवरुद्ध गरेकाले गोली चलाउनुपरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए । उनले भने, ‘राजमार्ग अवरुद्ध गर्न पाइँदैन । उनीहरूले राजमार्ग अवरुद्ध गरेर उदण्डता प्रदर्शन गरेकाले प्रहरी रबरको गोली चलाउन बाध्य भयो ।’ स्थिति नियन्त्रणमा लिन ११ राउन्ड रबरको गोली र १६ राउन्ड अश्रुग्यास प्रहार गरिएको बस्नेतले बताए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *