जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

डिसी नेपाल
१८ पुष २०७८ १८:५३

काडमाडौं । बर्दियामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट राजापुर नगरपालिका–९ की ५४ वर्षीया धुशिया थारुको मृत्यु भएको हो ।

आज दिउँसो नेपाल–भारत दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा जङ्गली हात्तीको आक्रमणमा परी थारुको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

थारुको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको कार्कीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *