भोटखोलामा आगलागी हुँदा एकको मृत्यु

डिसी नेपाल
१८ पुष २०७८ १९:२७

काडमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटखोला–५ का स्थानीयवासी २३ वर्षीय पङ्खामान राई रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रनाउ सुवेदीका अनुसार पङ्खामानसहित पाँच जनाको टोली काठ काट्न जङ्गल गएका थिए । उनका साथीहरु खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको सुवेदीले बताए । उनका साथी धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पङ्खामानलाई छोडेर चार जना खाद्यान्न लिनका लागि गाउँतर्फ गएका थिए । उनका साथी फर्किदा पङ्खामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको प्रनाउ सुवेदीले बताए ।

आगलागी भएर मृत्यु भएको जानकारी पाउने वित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *