सिरहाका प्रहरी प्रमुख हिरा पाण्डेको सात महिनामै काज सरुवा

डिसी नेपाल
१९ पुष २०७८ ११:४६

काठमाडौं। प्रहरी प्रधान कार्यालयले सिरहाका प्रहरी प्रमुख एसपी हिरा पाण्डेको सात महिनामै काज सरुवा गरेको छ।

उनको स्थानमा प्रहरी प्रधानकार्यालयको शिक्षालयमा कार्यरत एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ। प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पाण्डेको काज सरुवा भएको जानकारी दिएका छन्। प्रदेश दुइको सिराहमा अलि बढी नै विवाद आएपछि प्रहरी प्रमुखको सरुवा भएको प्रवक्ता पाण्डेल बताए।

एसपी पाण्डे गत जेठमा सिरहा सरुवा भएका थिए। पछिल्लो समय सिरहा लगायत तराईका केही जिल्लामा सीके राउतको नेतृत्वको जनमत पार्टीले आन्दोलन तथा हडताल गरेपछि एसपी पाण्डेलाई स्थिति नियन्त्रणमा लिन नसकेको आरोप लाग्दै आएको थियो।

सिराहको एक ज्यान मुद्दाका दुई आरोपी पक्राउ परेपछि सत्तारुढ दल नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवसँग पनि उनको सम्बन्ध राम्रो नभएका बेला सिके राउत समूले त्यहाँ आन्दोलन शुरु गरेको थियो। सिराहमा जनमत पार्टीले किसानलाई पक्राउ गरिएको भन्दै आन्दोलन गरेको थियो। त्यसक्रममा दर्जन निजी गाडीमाथि तोडफोड भएको थियो।

जनमत पार्टीका अध्यक्ष राउतले एसपी पाण्डेलाई सार्वजनिक स्थानमा ल्याएर भौतिक कारबाही गर्ने धम्की पनि दिएका थिए । प्रहरी प्रमुख पाण्डेका विरुद्धमा दिनहु प्रर्दशन हुन थालेको थियो। यो क्रम दुई प्रदेशमै शुरु भएपनि प्रहरी प्रधानकार्यालले पाण्डेको सरुवा गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *