कांग्रेस बाँकेमा संस्थापन इतर पक्षले गर्यो पदाधिकारी उम्मेदवार घोषणा
काठमाडौं।नेपाली कांग्रेस बाँकेको २७ पुसमा हुने जिल्ला अधिवेशनमा संस्थापन इतर पक्षका सभापति पदका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार पदाधिकारी उम्मेदवारहरूको घोषणा गरेको छ ।
पार्टी कार्यालय नेपालगञ्जमा सोमबार एक कार्यक्रमको आयोजना गरेर पदाधिकारीमा उठ्ने उम्मेदवारहरूको घोषणा गरिएको हो । गौडेल समूहको चुनाव प्रचारप्रसार समिति संयोजक तथा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुसालले उम्मेदवार घोषणा गरेका थिए ।
गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ९आशीष० तथा सहसचिवमा रेणु सिंह र विश्वराज लम्साल उम्मेदवार रहने छन् ।
कांग्रेस लुम्बिनी प्रदेश कमिटीका महामन्त्री सुरेन्द्रराज आचार्यको प्रमुख आतिथ्यता एवं कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको विशिष्ट आतिथ्यतामा उम्मेदवार घोषणा गरिएको थियो ।जिल्ला सदस्यका उम्मेदवारहरूको घोषणा भने केही दिनपछि चियापान कार्यक्रम राखेर गरिने भुसालले बताए ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment