ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनिएको ‘बुस्टर डोज’ खोप स्थगित
काठमाडौं । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई दिने भनेको थप मात्रा खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै लक्षित वर्षका लागि कोभिड–१९ खोपको थप मात्रा दिने कार्यक्रा स्थगित गरिएको जानकारी दिएको हो ।
‘सबै नागरिकलाई कोभिड–१९ विरुद्धको पूरा मात्रा खोप चाँडै उपलब्ध गराउन महत्वपूर्ण भएकाले राष्ट्रिय खोप अभियान द्रूतगतिमा सञ्चालन गर्न आवश्यक छ,’ प्रवक्ता संगीता कौशल मिश्राले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले थप प्राविधिक विषय छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि यस विषयमा जानकारी गराउने व्यहोरा सबैमा हार्दिक अनुरोध छ ।’
सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनेर सोमबार सूचना जारी गरेको थियो ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment