इलाम देउमाईमा बेबारिसे महिला फेला, चिनेकाले खबर गरिदिन आग्रह

डिसी नेपाल
२१ पुष २०७८ २१:३६

इलाम । इलाम देउमाई नगरपालिका २ भदौरेस्थित ओमेश पौडेलको घरमा एक महिला आएर बसेको करिब तीन महिना भयो ।

बोल्न नसक्ने अज्दाजी ५० वर्षकी महिला हालसम्म उनकै घरमा छिन् । बेबारिसे अवस्थामा घरमा आएकी ति महिलालाई पौडेलोको परिवारले राखेका छन् भने तीन महिना हुनैलाग्दा समेत कोही कसैले खोजी गर्दै नआएको पौडेलले बताएका छन् ।

ति महिलाले पनि घर छोड्न नखोजेको र पठाउन पनि कहाँ पठाउने भन्ने अन्योल रहेको ओमेशले बताए । लेख्न समेत नजान्ने, बोली नभएकी ति महिला बिरामी अवस्थामा घरमा आएको र उपचार पछि अवस्था सामान्य रहेको पौडेलले बताए । पौडेलको घर देउमाई नगरपालिका भदौरे स्थित मेची राजमार्गसँगै जोडिएको छ ।

उनका अनुसार गएको असोज २६ गतेदेखी घरमा आएर बसेको बताए । मेची राजमार्ग हुँदै आएको हुनसक्ने अन्दाज गरिए पनि कहाँबाट आएको भन्ने अझै बुझ्न नसकेको उनले बताए ।

‘हाम्रो इशारा बुझ्नु हुन्छ, सामान्य काम पनि गर्नुहुन्छ । तर के थरी हो कहाँबाट यहाँसम्म आएको भन्ने अझै अन्योल नै छ ।’पौडेल भन्छन्, ‘अर्काको मान्छे भरे केही भयो भने मलाई अप्ठ्यारो हुन्छ जस्तो लाग्न थाल्यो ।’

भर्खरै पौडेलले सदरमुकाम स्थित मानवअधिकार मञ्चमा समेत जानकारी गराएका छन् । साथै उनले जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराएको बताए । उनका आफन्तको खोजी गर्दै पौडेल कहिले देउमाई नगरपालिका त कहिले सामाजिक संघसस्था र प्रहरी कार्यालयमा धाउन थालेका छन ।

पाल्न समस्या नभएपनि पछि आउने भइपरी समस्याले पिरोलेको छ उनलाई यतिबेला । कसैले महिलाका आफन्तलाई चिनेको भए खबर गराउन पनि उनले सबैसँग आग्रह गरेका छन ।

घरबाट त्यत्तिकै निकाल्न पनि अप्ठ्यारो भएकाले परिवारको सदस्य पत्ता लगाएर जिम्मा लगाउने पक्षमा रहेको उनले बताए । महिलाहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाको सहयोगमा भएपनि ति महिलालाई सुरक्षित घरसम्म पुर्याउन उनले सहयोग मागिरहेका छन । आर्यन (बाहुन क्षेत्री) समुदायकी जस्ती देखिने ति महिलालाई पौडेल परिवारले नै लाउन र खान दिने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *