मल्लिका शेरावत : बोल्ड दृश्यको पर्याय
काठमाडौं। बलिउडमा यस्ता कैयौं अभिनेत्रीहरू छन्, जसको फिल्ममा अनुबन्धित हुनासाथ त्यसमा बोल्ड दृश्य अनिवार्य हुनैपर्छ। किनकि यी अभिनेत्रीहरूले आफ्नो अभिनयले नभई बोल्ड दृश्यले लोकप्रियता कमाएका छन्। यी अभिनेत्रीमध्ये मल्लिका शेरावत प्रमुख अभिनेत्री पर्छिन्।
मल्लिकाले आफ्नो करियरमा कैयौं फिल्ममा काम गरिसकेकी छन्। तर, उनीको अभिनय अथवा फिल्मको कथाले नभई मल्लिकाको बोल्ड इमेजका कारण चर्चित रहे।
सन् २००३ मा रिलिज फिल्म ‘ख्वाहिश’बाट मल्लिका पहिलोपटक चर्चामा आइन् । यो फिल्ममा मल्लिकाले हिमांशु मलिकसँग १७ चुम्बन दृश्य दिएकी थिइन्।
अभिनेता इमरान हाशमीसँगको अभिनय रहेको फिल्म ‘मर्डर’मा अभिनेत्री मल्लिकाले बोल्डनेसको सबै सीमापार गरेकी थिइन् । यो फिल्मको दृश्य मात्र होइन, गीत ‘भीगे होंठ तेरे’ले समेत यो गीत सुन्न मानिस लजाउनुपर्थ्याे।
मल्लिकाले अभिनेता राहुल बोससँग फिल्म ‘प्यार के साइड इफेट्स’मा पनि काम गरिन् । यो फिल्ममा उनले आफ्नो बोल्डनेसलाई कायमै राखिन्।
उनले फिल्म ‘अगली और पगली’मा अभिनेत्री रणवीर शौरीका साथ जबरदस्त चुम्बन दृश्य दिएकी थिइन्। फिल्म ‘डर्टी पोलिटिक्स’मा त उनले बलिउडका अग्रज अभिनेता ओम पुरीसँग जबरदस्त बेड सिन नै दिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment