घरमा आगलागी हुँदा सात लाखको क्षति

डिसी नेपाल
२२ पुष २०७८ १३:५९

काठमाडौं।हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मंगलबार राति चुलोमा बालिएको आगो सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको पीडित शाहीकी श्रीमती धनुको गुनासो थियोे । सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा करिब रु सात लाख बराबरको धनमाल क्षति भएको मुचुल्का प्रहरीले गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *