श्रोत नखुलेको ३८ लाख नेपाली रुपैयाँसहित एक युवक पक्राउ

डिसी नेपाल
२२ पुष २०७८ १८:२२

काठमाडौं।सशस्त्र प्रहरी श्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।बिहीबार दिउँसो १ बजे धनुषाको नगराइन नगरपालिका-२ सीमावर्ती क्षेत्रमा लक्ष्मीनियाँ गाउँपालिका-१ बस्ने २३ वर्षीय अमितकुमार यादवलाई ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २,०२,०० १ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याउँदै गरेको नगद रकम विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले जानकारी दिए ।पक्राउ परेका यादवलाई नियन्त्रणमा लिई घटना अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *