काठमाडाैंकाे एक घरमा युवा-युवती मृत फेला

डिसी नेपाल
२३ पुष २०७८ १०:१७
544
Shares

काठमाडाैं। काठमाडाैंमा दुई युवायुवती मृत फेला परेका छन्।

बौद्धको फैकास्थित राधाकृष्ण मन्दिर नजिकसँगै बस्दै आएका खोटाङको साकेला गाउँपालिका-२ रतन्तछाकी २२ वर्षीय युसुना राई र संखुवासभाका २५ वर्षीय अनिश जिमी मृत फेला परेको प्रहरीले जनाएको छ।

मृतक दुबैको शरीरमा चोट देखिएको छ। उनीहरुको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंको अनुमान छ। राई र जिमीसँगै बस्न थालेको दुई-तीन हप्तापछि कोठामै मृत फेला परेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *