अफ सिजनमा के गर्दैछन् यी चर्चित चार हिमाल आरोही

फुर्पा शेर्पा
२३ पुष २०७८ १२:११

काठमाडौं। कोरोनाका कारण लामो समय बन्दाबन्दी हुँदा सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये पर्यटन पनि एक हो। लामो समयदेखि नेपालको पर्यटन बजार सुनसान रहेको अहिले निकै चहलपहल बढेको छ।

यसैक्रममा आरोहणका लागि पहिलो लहरमा बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली नेपाल आएका थिए। कोरोना महामारीका कारण पर्यटन गतिविधि ठप्प बन्दैै गएको समयमा पनि सन् २०२१ मा नेपालमा १ लाख ५० हजार ९ सय ६२ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

पर्यटन क्षेत्रमध्ये पनि हिमाल आरोहणतर्फ विदेशीदेखि लिएर आन्तरिक पर्यटकहरुको पनि आकर्षण बढेको छ। हिमाल आरोहीहरु अफ सिजनमा पनि आफ्नो काममा व्यस्त छन्। नयाँ रुटको खोजी, परिवारसँग रमाउन र नयाँ ग्राहकहरु नेपाल भित्राउनमा व्यस्त छन्।

कामिरिता शेर्पा

सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने २४ औं पटकको कीर्तिमान तोड्दै सबैभन्दा धेरै २५ औं पटक सगरमाथा आरोहणको विश्वकीर्तिमान कायम गरेका कामिरिता शेर्पा अहिले अफ सिजनमा आफ्नो संस्कृतिको तर्फमा तुङना क्ल्यास लिर्न व्यस्ता छन्।

उनले भने, ‘अफ सिजन र फुर्सद भएकोले आफ्नो संस्कृतिको लागि तुङना क्ल्यास लिइरहेको छु। पाठपूजा गर्ने, बिहान बेलुका बौद्ध जाने गरेको छु।’

‘म काठमाडौं बस्दा बाइकमा चढदिन्, धेरै जसो पैदल नै हिड्ने गर्छु त्यसैले मलाई खासै कसरतहरु गर्ने पदैन, मेरो कसरत भनेको नै हिड्नु हो,’ विश्वकीर्तिमानी शेर्पाले भने। अरु बेला पनि शेर्पा केही कुराहरु सिकिरहने र त्यसमै आफूलाई व्यस्त राख्ने बताए। जस्तै, मेडिकल, क्लाइमिङ कोस्हरु लिने, आफूलाई मन पने र महत्वपूर्ण लाग्ने त्यही कुराहरु सिक्ने गरेको उनको भनाइ छ।

वर्षमा ६ देखि ७ महिना हिमाल मै हुन्छु, र बाँकी महिना भने काठमाडौंमै बस्ने गर्छन्। हिमाल आरोहण नगर्ने बेला सामान्यतया टे«किङहरु, ऐभेरस्ट बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प र ट्रेकहरु चलाउने गरेको विश्वकीर्तिमानी शेर्पाले भने।

शेर्पाले भने, ‘त्यसपछि भनेको २–३ महिना परिवारहरुसगँ बिताउँछु, परिवारहरुसगँ भ्रमणमा पनि जान्छु।’ अब फेरि सगरमाथाको आरोहण गर्ने योजना रहेको र सफलता मिले आफू २६औं पटक सगरमाथाको चुचुरोमा पुग्ने शेर्पाले बताए।

‘अहिलेको योजना भनेको यूरोपको रुसमा रहेको एल्ब्रस हिमाल आरोहण गर्ने छ, तर पोर साल पनि कोभिड–१९का कारण भिसा रिजेक्ट भयो,’ उनले भने, ‘मेरो टिमको भिसा आयो भने युरोपको हिमाल आरोहण गर्ने लक्ष्य रहेको छ।’

भिसा प्रोसेसमा कोलम्बियाका क्लाइन्टलाई उनीहरुकै देशबाट अरु देश जान नपाउने नियम बनाए पछि उनीहरुको भिसा क्यान्सल्ड भयो उनले बताए। अहिले कोभिड–१९को अवस्था जटिल बन्दै गइरहेकाले विदेशी देशहरुको सीमा बन्द हुर्दै छ। त्यसैका कारण अहिले विदेशतिरकोे प्रोसेस निश्चित नरहेको र यूरोपियन देशहरु खोले युरोपको रुसमा रहेको हिमालको आरोहण गर्न जाने सोच रहेको उनले बताए।

‘अरु जस्तो हिमाल आरोहीहरु जस्तै म र मेरो टिमलाई चाँहि त्यति गाह्रो भएन, हामी कोरोना महामारी मै विदेशी पर्यटक बहराइनका राजकुमार र सो टिमलाई लिएर सन् २०२० कोरोनाकै बिचमै बहराइन राजकुमारसहित सदस्यीय टोलीलाई मनास्लुको सफल आरोहण गराएका थियौं’, उनले भने।

त्यस्तै, फेरि सन् २०२१ मा सगरमाथा (ऐभेरेस्ट) ऐक्स्पडिशनका खोली हाल्यो र आफू र टिम बहराइन राजकुमारसहित सदस्यीय टोलीलाई सगरमाथाको सफल आरोहण गराउन सफल भएका शेर्पाले बताए। उनले भने, ‘सो ऐक्स्पडिशनका कारण आफूलाई खासै कोरोना कहरमा त्यस्तो नराम्रो समास्या नभएको र अरु साथीहरु कुनै लाई चाँहि एक वर्ष नै कामै नपाएर उनीहरुलाई क्लाइमिङ् र पर्यटन क्षेत्रलाई गाह्रो नै भयो।’

मिङ्मा डेविड शेर्पा

कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पाका अनुसार हामी हिमाल आरोहीहरुको लागि अफ् सिजन भनेर छैन। उनले भने, ‘नेपालमा अफ सिजन दुई ओटा छ, त्यस्तै, अन्तर्राष्ट्रिय रुपबताट हेर्ने हो भने अफ सिजन हुन्न।’

अफ सिजनमा पनि विन्टर एक्स्पडिशन्हरु गराए नेपालमा पनि सिजनमा नहुर्दा एक्स्पिडशनहरु गर्न मिल्ने शेर्पाको बताए। उनी भन्छन्, ‘म विन्टर सिजनमा त्यस्तै डिसेम्बर महिनामा अर्जेन्टिना जान्छु, र जुन, जुलाईमा पाकिस्तान जान्छु त्यसैले मेरो लागि अफ सिजन भने हुदैन।, नेपालमा अफ सिजन भनेर विन्टरलाई लिन्छ तर हिमाल आरोहण गर्ने मान्छेलाई अफ सिजन हुँदैन।’

ल्हाक्पा देण्डी शेर्पा

सोलुखुम्बु महाकुलुङ गाउँपालिका–२ मामेर्कुका कीर्तिमान ल्हाक्पा देण्डी शेर्पाले धेरै पटक सगरमाथा लगायत अन्य हिमालहरुको सफल आरोहण गरिसकेका छन्। आरोही ल्हाक्पा देण्डी शेर्पाले १० दिनमा ३ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेको रेकर्ड छ।

माया शेपा

नेपाल पर्वतारोहण संघ (एनएमए) को द्वितीय उपाध्यक्ष र सगरमाथा आरोही संघको अध्यक्ष माया शेर्पाले भनिन्, ‘हामी अन्नपूर्ण हिमाल आरोहण गर्न जाँदा दोस्रो लहरको कोरोना आउला भन्ने थाहा थिएन। आरोहण सकेपछि मात्र काठमाडौंमा कोरोनाको दोस्रो लहर फैलिएको खबर पाएँ।’

उनले अगाडि भनिन्, ‘निषेधाज्ञा लागू भएको धौलागिरि बेस क्याम पुगेपछि मात्र थाहा पायौं। अन्नपूर्णको सफलतापूर्वक आरोहण पश्चात पोखरा आएलगत्तै हप्ता दिनपछि धौलागिरि बेस क्याम्प हामी पुगेका हौं।’

धौलागिरि बेस क्याम्प पुगेपछि भने उनको टिमलाई ज्वरो आउने, वाकवाक लाग्ने, खान नरुच्ने जस्ता लक्षण देखा परेछ। उनले भनिन्, ‘मानिसहरु धमाधम बिरामी हुन थालेपछि बेस क्याम्पमा कोरोना फैलिएछ भन्ने महसुस भयो। मलाई पनि हप्ता दिन पछि क्याम्प–१ जान गाह्रो हुन थाल्यो। त्यसपछि काठमाडौं आएर परीक्षण गर्दा कोरोना संक्रमण देखियो।’

अहिलेसम्म महिलामा नेपालमा धेरै हिमाल चढ्ने र ८ हजार मिटर माथिको हिमाल चढ्नेमा उनी पर्छिन्। उनी भन्छिन्, ‘हिमाल भन्ने वित्तिकै हामी ८ हजार भन्दा माथिको मात्र सोच्छौं। तर हाम्रो देशमा ६ देखि ७ हजारको हिमालहरु पनि थुप्रै छन्। ८ हजार मिटरभन्दा अग्ला हिमालसहित कैयौँ हिमालहरुको आरोहण गर्ने एक सहासिक महिला हुन्, माया शेर्पा।

अहिले के छ आरोहीहरुको अवस्था?

अहिले पनि आरोहणको लागि खोल्ने नखोल्ने भनेको उचित नै छैन। विदेशी देशहरु (युरोप) बन्द हुन् थालेको छ, यस कुरालाई अलिकति सरकारी निकाइले नै ध्यान दिइ केही गर्नु पर्ने कामिरिताले बताए।

भ्याक्सिन लगाएका पर्यटकहरुलाई आउन दिने, र पीसीआर परिक्षण गर्न राम्रो व्यवस्थापन गर्नु पर्नेमा ध्यान दिनु पनेमा उनको भनाइ छ। नेपालको आय स्रोत भनेको पर्यटन क्षेत्र पनि एक हो। अझै हिमाल आरोहीहरुलाई ग्राहो नै परेको छ यस कुरामा सरकारको ध्यान जानुपर्ने उनले बताए।

सोलुखुम्बुको थामे गाउँका ५१ वर्षीय कामिरिता शेर्पाको नाममा विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै पटक आरोहण गरेको कीर्तिमान छ। उनले २५ औं पटक सगरमाथाको आरोहण गरिसकेका छन्। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्नेको सूचीमा दोस्रो स्थानमा रहेका ङिमा नुरु शेर्पाभन्दा कामिरिताले थप ३ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *