नेपाल सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ

डिसी नेपाल
२३ पुष २०७८ १६:४१
24
Shares

काठमाडौँ ।नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्षमा पत्रकार काजी श्रेष्ठ चयन भएका छन्।

समाजको आज सम्पन्न ११औँ साधारण सभाले सहकारी खबर अनलाइनका सम्पादकसमेत रह्का श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समाजको उपाध्यक्षमा अन्नपूर्ण पोष्ट दैनिकका तुलसीराम सुवेदी, सचिवमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सहसचिवमा गोरखापत्र दैनिकका भेषराज वेलवासे र कोषाध्यक्षमा रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई चयन गरिएको छ ।

यसैगरी, सदस्यहरुमा विकास न्युज डटकमका सन्तोष रोकाय र मेरो लगानी डटकमकी सुधा देवकोटालाई चयन गरिएको छ । बाँकी दुई सदस्य पदमा अध्यक्षले मनोनीत गर्ने प्रावधान छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *