२४ घण्टामा ९४४ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
२४ पुष २०७८ १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा ९४४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ९ हजार ७६२ जनामा पीसीआर परीक्षण गरिएकोमा ६९६ जनामा र ३ हजार ५०२ जनामा एन्टीजेन परीक्षण गर्दा २४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २९७ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार १४० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा २ लाख ४३ हजार ४६० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *