बारामा २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गहुँखेती

डिसी नेपाल
२४ पुष २०७८ १७:५२
24
Shares

काठमाडौं। बारामा गहुँखेती गरिँदै आएको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष २०० हेक्टर क्षेत्रफलमा गहुँखेती वृद्धि भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ ।

गत वर्ष बारामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकोमा यो वर्ष २९ हजार ७०० हेक्टर क्षेत्रफलमा गरिएको छ । ती क्षेत्रफलमा भृकुटी, विजय, आदित्य नेपाल ९७१, २९७, डब्लु १४०४ जातका गहुँ लगाएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए ।प्राविधिक नियमानुसार पुस महिनाको १५ गतेभित्रमा गहुँखेती गरिसक्नुपर्नेमा केही किसान माघको पहिलो सातासम्म खेती गर्ने लक्ष्य राखेको केन्द्रका कृषि विज्ञ मण्डलले भने ।

बारामा आव २०७७/७८ प्रतिहेक्टर २ दशमलव ८ प्रतिशतले ८२ हजार ६०० मेट्रिकटन गहुँ उत्पादन भएको केन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *