उदयपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु

डिसी नेपाल
२४ पुष २०७८ १७:५७

काठमाडौं। सगरमाथा लोकमार्गअन्तर्गत गाईघाट जलजले खण्डमा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहामा विपरीत दिसाबाट आएको टिपर र मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाट बजारबाट जलजलेतर्फ जाँदै गरेको प्र २–०१ प ८४९१ नम्बरको मोटरसाइकल र विपरीत दिसाबाट आएको स१ख ७२१ नम्बरको टिपर एक आपसमा ठोकिएको जनाएको छ ।

दुर्घटनामा त्रियुगा नगरपालिका–५ देउरीका ३१ वर्षीय दिलीप दुलालको उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार दुलालको विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक त्रियुगा नगरपालिका–५ देउरीका ३२ वर्षीय प्रभुनारायण चौधरीको न्युरो हस्पिटल विराटनगरमा उपचार भइरहेको जनाएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ६ लालपत्ताका ३६ वर्षीय चालक मेखबहादुर राउतलाई सवारी साधनसहित नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *