प्रेस चौतारी खोटाङको अध्यक्षमा राई

डिसी नेपाल
२४ पुष २०७८ २१:०६

काठमाडौं। प्रेस चौतारी नेपाल खोटाङको अध्यक्षमा सञ्जीव राई (सिताराम) चयन भएका छन् ।

शनिबार दिक्तेलको होटेल शुभदिनमा सम्पन्न पाँचौं अधिवेशनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । प्रेस चौतारीको उपाध्यक्षमा राजन ठटाल र अस्मिता खत्री, सचिवमा दिवस रिजाल, सहसचिवमा खेमराज पुरी र प्रेम श्रेष्ठ तथा कोषाध्यक्षमा सन्तोष पौडेल चुनिएका छन् ।

सदस्यमा मनोन आचार्य, मिलन आचार्य, दीपेश श्रेष्ठ, योगीन राई, जीवन मगर, चिरञ्जीवी रिजाल, रोसन राई र उमेश भुजेल भएका छन् । यस्तै, दमन राई, हरिबोल आचार्य, लोकमणि रिजाल, बद्री आचार्य र टिवन राई सल्लाहकार चयन भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *