महोत्तरीमा चिसोले कठ्याङग्रिएकाहरूलाई कम्बल उपहार

डिसी नेपाल
२४ पुष २०७८ २१:२३

काठमाडौं। महोत्तरीको बर्दिबासस्थित पाटुमा गरिब, विपन्न र निम्न आय भएका सर्वसाधारणले न्यानो कम्बल उपहार पाएका छन् । स्थानीय समाजसेवी अर्जुन ढुंगेलको सक्रियतामा शनिबार पाटुका १५ घरपरिवारले न्यानो डस्ना तथा ओढ्ने कम्बल पाएका हुन् ।

‘चिसोको कारण समस्यामा परेको थाहा पाएपछि थोरै भए पनी राहत होस भन्ने उद्देश्यले कम्बल किनेर दिए,’ समाजसेवी ढुङ्गेलले भने ।मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका १५ घर परिवारले कम्बल पाएपछि निक्कै खुसी व्यक्त गरेका छन् । सरकारले महसुस गर्न नसकेको आफूहरूको समस्या एउटा व्यक्तिले बुझिदिँदा ठूलो राहत महसुस गरेका छौं,’ उनीहरूले भने ।

लामो समयदेखि समाजसेवामा लागि परेका ढुङ्गेल यसभन्दा अगाडी पनि विपन्न समुदायको सारथि बन्दै आएका छन् । पाटुमा नै विगत एक दशकदेखि असहाय र गरिब बालबालिकालाई अतिरिक्त पढाइ गराउन निस्शुल्क अतिरिक्त कक्षाहरू ढुङ्गेलले सञ्चालन गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *