पछिल्लो २४ घण्टामा ११६७ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
२५ पुष २०७८ १६:४५

काठमाडौं । पछिल्लो २४ घण्टामा ११६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गरिएकोमा ८४१ जनामा र ३ हजार ७८४ जनामा एन्टीजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २२४ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०४ पुगेको छ ।

यसैगरी देशमा हालसम्म ६ हजार ७५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टा ४५ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *