नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल विजयी

डिसी नेपाल
२७ पुष २०७८ ६:४५

ओखलढुंगा। नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढु‌गेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए।

पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओली गुटका हुन्। नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए।

उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित भए। उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याए।सचिवमा कमल न्यौपाने विजयी भए। उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए। उप सचिवमा मणिराज राई र अशोक थापाले बाजी मारे। राईले ३५४ र थापाले ३३७ मत पाए।

अन्य सदस्यहरु यस अघि नै निर्वाचित भइसकेका छन्। ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन्। त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित भएका छन्।

अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वािचत भएका छन्। दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी भएका छन्। पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदािधकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *