वीरगंजलाई प्रदेश २ को राजधानी बनाउन दबाब
काठमाडौं।प्रदेश नं २ को स्थायी राजधानी देशकै आर्थिक नगरीका रूपमा स्थापित वीरगंजलाई बनाउन दबाब सिर्जना गर्न थालिएको छ । वीरगंजलाई प्रादेशिक स्थायी राजधानी बनाउन दबाव दिन ज्ञापनपत्र बझाउनेदेखि मुख्यमन्त्रीको निवासमा धर्ना बस्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको हो ।
वीरगंज राजधानीको पक्षमा आवाज उठाउँदै आएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेशमान सिंहको समूहले पुस २८ गते बुधबार प्रदेश नं २ लोसपा संसदीय दलका नेता जितेन्द्र सोनललाई ज्ञापनपत्र बुझाउँदैछन् भने ३० गते शुक्रबार प्रदेशका मुख्यमन्त्रीको वीरगंज निवास अगाडि शान्तिपूर्ण धर्ना एवं प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।
समग्रमा देशकै प्रमुख आर्थिक नगरीका रूपमा परिचित वीरगंजलाई नै प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने भन्दै पर्साबाट निर्वाचित प्रदेशसभा सदस्य प्रल्हाद गिरी, लोसपा नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेश सहनी, सुजित गिरीलगायतको माग छ ।
वीरगंजलाई नै स्थायी राजधानी बनाउन खोजेको भन्दै वीरगंजवासीले दबाब सिर्जना गरेका छन् । मधेश आन्दोलनलाई सार्थक बनाउन वीरगंजले खेलेको भूमिका र सहिदको बलिदानीको मूल्याङ्कन गरेर वीरगञ्जलाई प्रदेश नं २ को राजधानी कायम गर्नुपर्ने माग वीरगंजवासीको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment