जानकी प्लाष्टिक उद्योगमा आगलागी, १० करोड बराबरको क्षति

डिसी नेपाल
२७ पुष २०७८ १३:०४
72
Shares

जनकपुरधाम। धनुषाको लक्ष्मीनिँया गाउँपालिका–७ भगवतीपुरस्थित प्लाष्टिक उद्योगमा आगलागी भएको छ ।  सोमबार राति उद्योगमा विद्युत सर्ट भइ नवल मुररकाको जानकी प्लाष्टिक उद्योगमा आगलागी हुँदा १० करोड रुपैयाँ बराबरको क्षति भएको हो।

उद्योगमा आगलागी हुँदा मेसिन, मेटेरियल सामान, केमिकल, कच्चा पदार्थ, काठपात, लत्ताकपडा लगायत अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनिँयाबाट खटिएको प्रहरीले दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *