प्रदेश नं १ मा १२५ जनामा कोरोना सङ्क्रमण पुष्टि

डिसी नेपाल
२७ पुष २०७८ १९:०३

काठमाडौं।प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ को एन्टीजेन परीक्षण गर्दा ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४७, झापामा १९, सुनसरीमा १६, भोजपुर, सङ्खुवासभा र उदयपुरमा एक/एक तथा प्रदेश बाहिरका तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी यो प्रदेशमा पछिल्लो २४ घण्टामा तीन महिलासहित आठ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या ३८७ रहेको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *