एमाले अर्घाखाँचीका नेता आचार्यलाई कोरोना संक्रमण

डिसी नेपाल
२८ पुष २०७८ २२:०७

काठमाडौं। नेकपा एमाले अर्घाखाँचीका जिल्ला सहइन्चार्ज तथा पूर्व मन्त्री चेतनारायण आचार्यलाई कोरोना संक्रमण भएको छ ।कोभिडसँग मिल्दोजुल्दो समस्या देखिएपछि गरिएको परीक्षणमा आचार्यलाई कोराना संक्रमण देखिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

आचार्यमा कोरोना संक्रमण देखिएपनि स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ । नेता आचार्य पछिल्लो समय जिल्ला अधिवेशन लगायतका राजनीतिक कार्यक्रममा व्यस्त रहेका थिए ।एमालेको जिल्ला अधिवेशनलाई सर्वसम्मत बनाउन सक्रिय बनेका आचार्यमा संक्रमण देखिएपछि अन्य नेता कार्यकर्ता पनि कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।

यस अघि माओवादी केन्द्रको महाधिवेशनमा सहभागी भई फर्किएकी माओवादी केन्द्रकी नेतृ छमकुमारी खनाल चिनारी लगायतमा पनि कोभिड संक्रमण देखिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *