दश दिनमा नौ गुणा बढ्यो कोरोना : विशेषज्ञ भन्छन्-आत्तिनु पर्दैन

सम्भव सिंह ठकुरी
२९ पुष २०७८ १४:५४

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ३५५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ४९८ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२२ जनामा र ४ हजार ५८३ जनामा एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संख्या अघिल्लो साताको तथ्यांकभन्दा झण्डै दुई तिहाईले बृद्धि भएको हो। योसँगै मन्त्रालयका अनुसार हाल १४ हजार ३ सय ४०  सक्रिय संक्रमित रहेका छन्।

कोरोना संक्रमित दैनिक बढेको भन्दै सरकारले सुरक्षाका विभिन्न उपायहरु अबलम्वन गर्न निर्देशनपनि दिएको छ। तर प्रभावकारी कार्यान्वयन भएको देखिँदैन। यसरी दैनिक थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा र रहेको मन्त्रालयले जनाएको छ।

दैनिक रुपमा संक्रमणको दर बृद्धि भएसँगै नागरिकमा त्रास उत्पन्न भएको छ। हजारौँ विद्यार्थी, मजदुरदेखि विभिन्न क्षेत्रमा कार्यरत कर्मचारीमा अन्यौलता र डर उत्पन्न भएको छ। छिमेकी मुलुक भारतमा पनि उच्च गतीमा संक्रमितको दर बढिरहेको छ।

त्यसको प्रत्यक्ष प्रभाव नेपालमा नपर्नेमा कुनै शंका छैन। तर केही दिनको तथ्यांक हेर्दा उच्च गतिमा संक्रमित थपिएपनि आत्तिहाल्नु नपर्ने अवस्था नरहेको विशेषज्ञ बताउँछन्। सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार केही समय संक्रमितको संख्या बृद्धि भने जारी रहन्छ।

‘छोटो समयमा पनि उच्च गतिमा जान सक्छ। तर त्यसैको अनुपातमा हेर्दा संक्रमितहरु अस्पताल नै आउनुपर्ने अवस्था रहेको छैन र अस्पतालमा पनि कुनै किसिमको तनाब छैन,’ पुनले भने, ‘अहिलेसम्मको तथ्यांक हेर्दा यो भेरियन्ट पहिलो र दोस्रो लरहको जस्तो घातक देखिएको छैन। संक्रमित बनाएपनि पहिलो र दोस्रो लहरका जस्ता अस्पताल नै आउन नपर्ने अवस्था पनि आउँछ।’

आत्तिनहाल्नु पर्ने कारण

पुनका अनुसार ‘पहिलो कारण दक्षिण अफ्रिकाको आँकडा हेर्दा उच्च गतिमा संक्रमित थपिएपनि ४ हप्ता मै ओरालो लाग्यो। बेलायतमा पनि घट्दै गएको छ।’

दोस्रो कारण संक्रमितको संख्या जुन गतिमा थपिएको छ। त्यो अनुसार मृत्यु दर एकदमै कम देखिएको छ। तेस्रो कारण ‘अहिलेको अवस्था पहिलेको जस्तो छैन। धेरै नागरिहरुले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। र खोपको प्रभावकारीले असर नगर्ने देखिन्छ।’

चौथो कारण ‘अहिलेसम्मको अनुसन्धानबाट यो भेरियन्ट डेल्टा जस्तो कडा छैन भन्ने बुझिन्छ र अर्को कारण भनेको यो साता निकै उच्च रुपमा संक्रमित थपिएपनि अस्पतालमा कुनैपनि तनाब छैन।’

कति नागरिकले खोप हाने ?

स्वास्थ्य मन्त्रालयलका अनुसार हालसम्म कुल जनसंख्याको ३८ प्रतिशतले पूर्ण मात्रा र ५७ ले कम्तीमा एक मात्रा खोप लगाएका छन्।
लक्षित जनसंख्याको एक करोड ९९ लाखको झन्डै ५८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्। एक मात्रा मात्रै खोप लगाउनेको संख्या ७८ प्रतिशत रहेको रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *