एकैदिन ३५५३ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
२९ पुष २०७८ १६:२९

काठमाडौं । पछिल्लो २४ घण्टामा ३५५३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ४९८ जनामा पीसीआर परीक्षण गरिएकोमा २ हजार ९२२ जनामा र ४ हजार ५८३ जनामा एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.९ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा २७१ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१० पुगेको छ ।

यसैगरी देशमा हालसम्म ११ हजार ४३० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *