आजको मौसम : तराईमा हुस्सु, दिउँसाे यी प्रदेशमा वर्षाकाे सम्भावना

डिसी नेपाल
३० पुष २०७८ ६:३२

काठमाडौं। हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसाे प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

शनिबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *