पछिल्लो २४ घण्टामा ५०८७ जना नयाँ सङ्क्रमित थपिए

डिसी नेपाल
३० पुष २०७८ १६:२३

काठमाडौं । पछिल्लो २४ घण्टामा ५०८७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १३ हजार ४७४ जनामा पीसीआर परीक्षण गरिएकोमा ४ हजार २०४ जनामा र ७ हजार ८६ जनामा एन्टीजेन परीक्षण गर्दा ८८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३०६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ ।

यसैगरी देशमा हालसम्म १८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *