वैदेशिक रोजगारका विषयमा प्रहरीलाई

डिसी नेपाल
३० पुष २०७८ १६:५७
84
Shares

काठमाडौं । सुरक्षित आप्रवासन परियोजना (सामी)द्वारा वैदेशिक रोजगारका बारेमा प्रहरीलाई जानकारी दिने उद्देश्यले आयोजित एकदिने अन्तक्र्रिया कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । परियोजनाको यो कार्यक्रम देशभरमा ३९ जिल्लाका १५६स्थानीय तहमा आयोजना गरिएको थियो । गएको मङ्सिरसम्ममा ५९ लाख युवा वैदेशिक रोजगारमा रहेर गरिबी निवारणमा मद्दत पुगेको कार्यक्रममा जानकारी दिइएको थियो।

देशमा युवा जनशक्तिको बढ्दो आकार, आन्तरिक रोजगारी न्यून, परम्परागत जीवनयापनमा कम रुचि, ऋणको भार बृद्धि, सामाजिक दबाब, घरेलु हिंसा एवं पारिवारिक बेमेल, देशको अस्थिरता, विदेशमा बढ्दो रोजगारीको अवसर तथा पारिश्रमिकमा अन्तर, अन्तर्राष्ट्रिय बजारमा नेपाली कामदारको माग र सूचना तथा जानकारीको सहजताले नेपाली युवा बर्सेनि विदेशिने गरेकोजस्ता विषयमा पनि चर्चा गरिएको थियो ।

प्रतिवर्ष चार लाख ५० हजारको सङ्ख्यामा विदेशिने युवा गएको मङ्सिर महिनामा पाँच हजार २२४ विदेशिएका थिए । वैदेशिक रोजगारीमा जाने युवा कुनै पनि कारणले ठगीमा परेको उजुरी परेमा पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्नका लागि प्रहरी अधिकृतलाई थप ज्ञान दिलाउनु र सजग गराउनु कार्यक्रमको उद्देश्य रहेको परियोजनाका जिल्ला संयोजक देवेन्द्र चौधरीले जानकारी दिए।

सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले ‘वैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका’ तथा प्रहरी उपरीक्षक जनार्दन जिसीले ‘वैदेशिक रोजगारीलाई शोषणरहित बनाउन नेपाल प्रहरीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए । वैदेशिक रोजगारीकै लागि जिल्लामा चालु आर्थिक वर्षको पाँच महिनामा चार हजार ८०५ जनाले राहदानी बनाएकामा पुरुष तीन हजार २९०, महिला एक हजार ४४४ र नाबालक ७१ जना छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *