माघे संक्रान्तिलाई जंगलमा वन तरुल खोज्नेको भिड

डिसी नेपाल
३० पुष २०७८ १७:०२

काठमाडौं । माघे संक्रान्तिका लागि खोटाङका स्थानीयवासी जंगलमा वन तरुल खोज्न व्यस्त छन् । वन तरुल निकाल्न कुटो, कोदालो र झम्पालसहित स्थानीयको भिड नजिकका जंगलमा बढेको छ ।

माघे संक्रान्तिमा घर तरुल, सखरखण्ड, इस्कुसको जरा, घिउ, चाकुलगायतका परिकार खाने प्रचलन भए पनि स्थानीयले वन तरुललाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । माघे संक्रान्तिका दिन ‘एक टुक्रा भए पनि वन तरुल खानुपर्छ’ भन्ने मान्यता छ । कतिपयले आफैलाई र कतिपयले बिक्रीका लागि तरुल खोज्ने गरेका छन् ।

कुनै-कुनै घना जंगलमा पाइने वन तरुल निकाल्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वन तरुलको फल जमिनको सतहबाट दुईरतीन मिटरमुनि भेटिने भएकाले गहिरो खाडल खन्नुपर्ने हुन्छ । दुई-तीन दिनअघिदेखि माघे संक्रान्तिको दिनसम्मै वन तरुल खन्ने गरेको र त्यसका लागि हुलका हुल स्थानीय जंगलमा पुग्ने गरेका हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारका रहरमान राईले बताए ।

निकै मिहिनेतका साथ निकालिएको वन तरुल बिक्रीका लागि बजारमा समेत ल्याउने गरिएको छ । कतिपयले माघे संक्रान्तिभन्दा हप्ता दिनअघिदेखि नै कन्दमुल खरिद गरेर राख्ने गरेका छन् । कन्दमुलमध्ये वन तरुलको मूल्य महँगो पर्छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *