पछिल्लो २४ घण्टामा ४६३६ जना नयाँ सङ्क्रमित थपिए – Dcnepal

पछिल्लो २४ घण्टामा ४६३६ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ४६३६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १० हजार ४१२ जनामा पीसीआर परीक्षण गरिएकोमा ३ हजार ७०३ जनामा र ४ हजार १४४ जनामा एन्टीजेन परीक्षण गर्दा ९३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.१ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ३५० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१७ पुगेको छ ।

यसैगरी देशमा हालसम्म २१ हजार ५८४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो