साधुसन्तलाई न्यानो कम्बल

डिसी नेपाल
१ माघ २०७८ १८:३२

काठमाडौं । कपिलवस्तु शिवराज नगरपालिका–५ चन्द्रौटाका स्व राजाराम जयसवालको स्मृतिमा साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको छ । चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिर परिसरमा एक कार्यक्रमका बीच ५१ जना साधुसन्तलाई भण्डारा र न्यानो कम्बल वितरण गरिएको हो । बढ्दो चिसोबाट साधुलाई राहत दिलाउन र पतिको आत्मा शान्तिका लागि कार्यक्रमलाई निरन्तरता दिएको सोनमती जयसवालले बताए।

प्रत्येक वर्ष बुवाको सम्झनामा पुण्यप्राप्ति र बुवाको आत्मा शान्तिका लागि साधुसन्तलाई कम्बल प्रदान गर्दै आएको जेठा छोरा सुवासचन्द्र जयसवालले बताए । बुवाको पुण्यतिथिका अवसरमा आमा र पाँच भाइ छोरा, दुई बहिनी छोरी मिलेर पुनीत कार्य गर्दै आएको उनले बताए । साधुसन्तलाई न्यानो कम्बल प्रदान गर्न पाउँदा आफूहरूले पुण्यप्राप्ति गर्ने अवसर मिलेको विजय जयसवालले बताए । उनले साधुसन्त हाम्रो देशको पहिचान भएकाले उनीहरूको आधारभूत आवश्यकतामा हामी सबैले पुण्यदान गर्नुपर्ने जिकिर गरे ।

साधुसन्त हाम्रो धर्म र संस्कृतिका संवाहक भएकाले धर्मका नाममा गरिने अनेक तडकभडकभन्दा यस्ता साधुसन्तको सम्मानसहित उनीहरूलाई कम्बल वितरण गर्नु पुनीत र प्रशंसनीय कार्य भएको भन्दै जयसवाल परिवारको प्रशंसा गरिएको छ । धर्मपत्नी सोनमती जयसवाल तथा छोरा सुभाष, सुरेन्द्र, विजय, सुरेश र महेश जयसवाल तथा छोरी मायादेवी र अन्जु जयसवालको सहभागितामा उक्त कार्यक्रम गरिएको हो । विसं २००६ मा जन्मनुभएका जयसवालको विसं २०६७ साउन २७ गते निधन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *