प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा कटवाल

डिसी नेपाल
१ माघ २०७८ २०:२३

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन खोटाङका अध्यक्षमा गोविन्द कटवाल चयन भएका छन् । दिक्तेलस्थित पार्टी कार्यालयमा भएको प्रथम जिल्ला अधिवेशनबाट कटवाल अध्यक्ष रहेको २७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा कुमार ढकाल र सरस्वती घिमिरे, सचिवमा सरोज विश्वकर्मा, उपसचिवमा कुमार लुइँटेल, कोषाध्यक्षमा जीतबहादुर थापा र सहकोषाध्यक्षमा सुजन तामाङ चयन भएका छन् । समाजवादी खोटाङका अध्यक्ष जलसेर राईको प्रमुख आतिथ्यता तथा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य पञ्चकुमार राईको विशेष आतिथ्यतामा अधिवेशन गरिएको हो ।

कार्यक्रममा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका प्रदेश सचिव देवराज ढकाल, समाजवादीका जिल्ला सचिव राजन आचार्य, उपसचिवद्वय किशोर आचार्य र माइतीराज राई, कोषाध्यक्ष एण्टी शेर्पालगायतको उपस्थिति थियो । नेकपा (एमाले)बाट विभाजन भएर बनेको समाजवादी खोटाङले पार्टी तथा भातृ सङ्गठन निर्माणलाई तीव्रता दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *