र्यापर रूबिनको नयाँ र्याप गीत ‘रैला’ सार्वजनिक हुँदै
साेल। कोरियामा रहेका र्यापर रूबिनको नयाँ र्याप गीत रैला सार्बजनिक हुने भएको छ। प्रबिन श्रेष्ठको निर्देशनमा हुन लागेको र्याप गीतको छायांकन तथा सम्पादन दिपक पौडेल केडीले गर्ने भएका छन्।
गीतको मुख्य भूमिकामा चर्चित मोडल बीरेन्द्र नौभाग्य रहने भएका छन्। उनलाई साथ दिन कोरियामा रहेकी नेपाली मोडल तथा टिकटक स्टार जनवरी क्विन रहने भएकी छन्। साथमा अन्य कलाकार ऋषिकेषा आले, दीप मगर, प्रीतिजा, गोपिका नेपालको साथमा स्वयम र्यापर रूबिन पनि देखिने भएका छन्।
यही आउँदो जनवरी २९ र ३० तारिखमा सुटिङ हुने भनिएको गीत कोरियाको राजधानी साेल र त्यसका आसपास का रमणीय स्थलहरुमा हुने भएको छ। गीतले अहिलेको युवा युवतीको व्यबहार तथा आधुनिक शैलीलाई जस्ताको त्यस्तै उतार्ने यसै गीतका गायक र्यापर रूबिनले जानकारी गराए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment